१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आजसहित सोमबारसम्म दिउसो र रातिको मौसम यस्तो हुनेछ



काठमाण्डौँ ।
शनिबार बिहान नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम सफा छ।

देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको हो। महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हल्का कुहिरो र हुस्सु लागेको छ।

शनिबार दिउँसो देशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति देशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन १५ गते आज

दिउँसोः देशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन १६ गते (आइतबार)

दिउँसोः प्रदेश १ का पहाडी भू(भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली र बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः प्रदेश १ का पहाडी भू(भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन १७ गते सोमबार

दिउँसोः प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशकाका पहाडी भू(भागहरुमा आंशिक बदली र बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागहरुमा आंशिक बदली र बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७ शनिबार ००:००  ८ : ३३ बजे