२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रचण्ड-माधव पक्षको सूचना संसद सचिवालयमा दर्ता



काठमाडौं ।
नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर प्रचण्डलाई चयन गरिएको भन्ने प्रचण्ड-माधव पक्षको सूचनालाई संघीय संसद सचिवालयले दर्ता गरेको छ ।

दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित प्रचण्ड, माधव नेपालसहितका नेताहरु संसद सचिवालयमा सो जानकारी दर्ता गराउन संसदका महासचिवसमक्ष पुगेका थिए ।

केहीबेरअघि सूचना दर्ता गरिएको प्रचण्ड-माधव पक्षका नेता एवं राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले जानकारी दिए ।

महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्कीसमेत परेको थियो ।

निवेदन दर्ता नभई आफूहरू बाहिर ननिस्कने भन्दै नेताहरूले दबाब दिएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७ आइतबार ००:००  ४ : ०७ बजे