८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा



काठमाडौं ।
महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार खरेलले राजीनामाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका हुन् ।

राजीनामा पछि अब खरेल नेकपा एमालेको केन्द्रीय समिति बैठकमा मनोनित भएर सहभागि हुने सचिवालय स्रोतले सेतोपाटीलाई जानकारी दियो ।

झापाबाट खरेलले आगामी निर्वाचनका लागि समेत तयारी गर्ने स्रोतले जनायो। ‘प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको भन्ने कुरा होइन’, सचिवालयका ती सदस्यले भने।

मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् । वरिष्ठ अधिवक्ता खरेल नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य थिए ।

खरेलले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७ शुक्रबार ००:००  १ : २८ बजे