२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

टाउको बिनाको शव भेटियो



काठमाडौं ।
सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार बिहान साढे ८ बजे मलंगवा नगरपालिका–९ मा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिए ।
खेतमा टाउको नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक मलंगवा नगरपालिका –१०का २५ वर्षीय सुशील यादव हुन् । उनको टाउको जिउ भेटिएकोभन्दा करिब ६० मिटर टाढा दक्षिणमा भेटिएको डिएसपी कुँवरले बताए ।
’टाउको काटिएको शव भेटियो। बिहान स्थानीयले देखेपछि हामीलाई खबर भयो,’ डिएसपी कुँवरले भने,’शरिरको अन्य भागमा चोटपटक देखिएको छैन। टाउको नै काटिएर ६० मिटर टाढा फ्याँकिएको छ।’ यादवको शव पोष्टमर्टमको लागि जिल्ला अस्पतालमा पठाइएको छ । अहिले प्रहरीले कसैलाई पक्राउ गरिनसकेको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७७ बिहिबार ००:००  १ : ४३ बजे