२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

अमृते सामुदायिक बनको १२ औं साधारणसभा सम्पन्न



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ मा रहेको अमृते सामुदायिक वनको १२ औं वार्षिक साधारण सभा आज भर्तापुर टोलमा सम्पन्न गरेको छ ।

सो वार्षिक साधारण सभामा समूहकी सचिव मिना सिंजापतीले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नेत्र प्रसाद बुढाथोकीले गत आर्थिक वर्ष २०७६/०७७ को कुल ३२ लाख ६५ हजार बराबरको आय÷व्यय सार्वजनकीकरण गर्दै आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १ करोड ५२ लाख बराबरको प्रस्तावित वजेट प्रस्तुत गर्नु भएको थियो ।

समूहका लेखा प्रतिवेदन कुन्तामणि भुसालले वताउनु भएको थियो । आगामी निति तथा कार्यक्रम समूहका अध्यक्ष गोपाल गिरीले जानकारी गराउनु भयो ।

साधारण सभामा समूहले २ जना जेष्ठ नागरिकलाई सम्मान र १० जना विद्यार्थीलाई पाठ्यसामग्री वितरण गरेको थियो ।

कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि धुर्व वेल्वासेले वाणगंगा ९ भलवाड प्राकृतिक श्रोत साधनमा सम्पन्न रहेको हुँदा वडासंग समन्वय गरेर कार्ययोजना बनाएमा धेरै राम्रो काम हुने कुरा बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा सब डिभिजन बन कार्यालय गोरुसिंगेका सहायक वन अधिकृत वसन्त थापाले समुदायको वन समुदायको धन भन्ने नारालाई सार्थक पार्न समुदायले वनको संरक्षण, सम्वद्र्धन र वनको उचित तवरले सदुपयोग गर्नुपर्ने भन्दै आजभोलि सुख्खा समय रहेको हुदा सामुदायिक वनलाई वन डढेलोबाट जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग पु–याउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा अमृते सामुदायिक वनका सल्लाहकार हरिराज घिमिरे, नारायण खनाल, सामुदायिक वन जिल्ला महासंघका पूर्व अध्यक्ष ओमलाल गिरी, वाणगंगा नगर महासंघका सदस्य दुर्गा प्रसाद पौडेल सञ्चारकर्मी बाबुराम रायमाझी, प्रेम नारायण पाण्डे र अनिता खनाल लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम समूहका अध्यक्ष गोपाल गिरीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष राधा खनालको स्वागत रहेको कार्यक्रम सचिव मीना सिंजापतिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७७ बिहिबार ००:००  ७ : ५१ बजे