१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

रंगशाला निर्माणको लागि कुँवरवर्ति स्कुलले गर्यो १ लाख ११ हजार बढी सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।

तिलोत्तमा नगरपालिका ८ प्रदिपनगरस्थित कुँवरवर्ति इङलिस बोर्डिङ स्कुलले धुर्मुस सुन्तली फाउण्डेद्धारा निर्माण भइरहेको गौतव बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको कुर्चिमा नाम लेखाएको छ । जनस्तरको सहयोगमा निर्माण भइरहेको रंगशालाको लागि रकम अभाव भएपछि सहयोग जुटाउन महाकाली मेची अभियानमा रहेको टोलीलाई विद्यालयमा स्वागत गर्दै १ लाख ११ हजार १ सय ११ सहयोग गरी कुर्चीमा विद्यालयको नाम लेखाएको हो ।

रंगशालाको लागि १ लाख र बढी सहयोग गर्नेहरुले रंगशालाको एक कुर्चिमा नाम लखाउन सक्ने फाउण्डेसनले जनाएको छ । विद्यालयका अध्यक्ष लक्ष्मण खनाल र प्राचार्य दिपक खनालले सो रकम फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गर्नु भएको थियो । रंगशाला बनाउने अभियान मुलुककै प्रतिष्ठा बढाउने काम भएकोले सफल बनाउन र खेलाडीहरुलाई प्रोत्साहित गर्न सहयोग गरिएको खनालद्धयले बताउनु भयो ।

May be an image of 12 people and people standing

रकम ग्रहण गर्दै धुर्मसले कुँवरवर्तिजस्तो विद्यालय विरलै हुने बताउनु भयो । यसले देशभरका विद्यालय र शैक्षिक संस्थालाई राम्रो सन्देश दिएको बताउँदै धन्यबाद दिनुभयो । रंगशाला निर्माणको काम बढीमा २ बर्षभित्रै सकिने भन्दै विद्यालयको यो सहयोग रुपन्देही कक्षमा खर्च हुने उहाँको भनाई छ । रंगशालामा ७७ जिल्लाको पहिचान समेटिने गरी ७७ वटा सांस्कृतिक संग्रहालय बनाइदै छ । फाउण्डेसनलाई विद्यालयले मायाको चिनो पनि वितरण गरेको थियो ।

May be an image of 5 people, people standing and cake

हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) र अभियान्ता अर्जुन भुसाललेले पनि विद्यालयको मुक्तकंठले प्रसंसा गर्नुभयो । विद्यालयले यसअघि पनि फाउण्डेसनलाई सहयोग गरेको थियो । सोही कार्यक्रममा अन्य संस्था र ब्यक्तिले पनि लगभग १ लाख जति सहयोग गरेका छन् । सो कार्यक्रममा रकम संकलनको सहजीकरण पत्रकार चन्द्रकान्त न्यौपानेले गर्नुभएको थियो । टोली कपिलवस्तुमा संकलन अभियान सकेर अहिले रुपन्देहीमा छ । सुदुरपश्चिमको चाँदनी दोधारबाट सुरु भएको अभियान पूर्वको मेची पुगेर समापन हुने छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७ मंगलबार ००:००  ६ : ४३ बजे