च्याम्पियन्स लिगमा लिभरपुलमाथि रियल मड्रिडको शानदार जित


एजेन्सी ।
च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले इङ्लिस क्लब लिभरपुललाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा रियलले लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । रियलका भिनिसियसले खेलको २७औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उसेन्सियोले ३६औँ मिनेटमा गोल गर्दै खेललाई २–० को स्थितिमा पु¥याए ।

खेलको ५१औँ मिनेटमा लिभरपुलका मोहमद सालेहले गोल गरे । त्यसपछि खेल २–१ को स्थितिमा पुग्यो । तर, ६५औँ मिनेटमा रियलका भिनियसले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–१ को नतिजातर्फ उन्मुख गराए ।

घरेलु मैदानमा भएको खेलमा जित हात पारेसँगै सेमिफाइनल प्रवेश गर्ने रियलको सम्भावना बलियो भएको छ । लिभरपुललाई भने अब आफ्नो घरेलु मैदानमा रियलविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस