८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आजको मौसमः पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षा हुने



काठमाण्डौँ ।

आज अपराह्नपछि पहाडी भू(भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । राति भने केही स्थानमा बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

हाल नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू(भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने छ ।

मंगलबार पनि पहाडी भू(भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७ आइतबार ००:००  ६ : ४४ बजे