८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

दिल्लीद्धारा पञ्जाब पराजित, धवन शतकबाट चुके



एजेन्सी ।

दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग टी(ट्वान्टी क्रिकेट ९आईपीएल० मा दोस्रो जित निकालेको छ ।आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए ।मार्कुस स्टोनिस २७ रनमा अविजित रहे । ललित यादव १२ रनमा अविजित रहे ।पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले ।

अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान राहुलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।दिपक होडाले अविजित २२ रन जोड्दा शाहरुख खानले अविजित रहदै १५ रन जोडे ।क्रिस गेल ११ तथा निकोलस पुरन ९ रनमा आउट भए ।

दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १र१ विकेट लिए ।यस जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब ३ खेलमा २ अंक जोडेको छ । पन्जाब लिगको सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८ सोमबार ००:००  ६ : ०६ बजे