१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अर्घाखाँचीमा हत्या गरेको झन्डै ११ बर्षपछी अभियुक्त पक्राउ




बिष्णु कुमार आले , अर्घाखाँची ।

अर्घाखाँचीमा हत्या गरि फराहर रहेका एक अभियुक्तलाई करिव ११ बर्ष पछि प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्लाको छत्रदेव गाउँपालिका–५ छत्रगञ्जका दिपक कुमालको हत्या गरि फराहार रहेका छत्रदेव गाउँपालीका ५ का ४९ बर्षिय हन्तिलाल कुमाल अभियुक्तलाई विषेश सुराकीको आधारमा प्रहरीले प्रकाउ गरेको हो ।
२०६७ भदौ ६ गतेका दिन बिहान ८ बजेर ४५ मिनेट जाँदा धारिलो हसियाँ प्रयोग गरेर हत्या गरी फरार भएका कुमाललाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घरबाटै प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधब बुढाथोकीले जानकारी दिए ।
घरेलु हतियार हसिया प्रयोग गरी हत्या गरि छत्रगञ्जको टुनीचौर स्थित खेतमा दिपकको लास दस बर्ष आठ महिना अघि फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात हन्तिलाल कुमाल भारतमा लुकिछिपी बस्दै आएका थिए ।
उनलाई २०७८ साल बैशाख १० गते प्रहरीले प्रकाउ गरेको हो ।पक्राउ पछि जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८ आइतबार ००:००  ७ : १० बजे