२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बर्दियामा एक साताका लागि लकडाउन सुरु



बर्दिया ।

बर्दियामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार लकडाउन गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्र, ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा लागू हुनेछ ।
लकडाउन अवधिभर स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८ सोमबार ००:००  ८ : २५ बजे