१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव : पहाडी क्षेत्रमा बर्षा हुने



काठमाडौं ।
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्गर हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ। राती देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक बर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ। राती प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आइतबार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केहि स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ।

राती प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक बर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  ७ : ३९ बजे