१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

अर्घाखाँचीमा कोरोनाका कारण थप एक जनाको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा आईसियु बेडको अभावमा समयमा उपचार गर्न नपाउदा अर्घाखाँची भूमिकास्थान ८ च्युरामाटी बाँजाखर्कका ५० बर्षीय रामप्रसाद गैरेको मृत्यु भएको हो ।

दुई साता अघि भारतबाट घर आएपछि होम क्वारेन्टाइनमा उनी बस्दै आएका थिए । तर उनलाई दिन प्रतिदिन स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौंको विभिन्न विशेष कोरोना अस्पतालमा कोरोनाको बिरामी बोकेर भौतारिए पनि उपचारका लागि आईसियु बेड नपाएर उपचार गर्न नपाउदा छट्पटाएरै उनको ज्यान गएको मृतकका आफन्त बिनोद गैरेले जानकारी दिए ।

उनले भने, ‘कोरोना विशेष अस्पतालमा प्रयाप्त आईसियु बेड र अक्सिजनको व्यवस्थापन हुँदैन तबसम्म गाउँबाट काठमाडौं उपचार गराए बिरामी बाच्न सक्छ भन्ने कुरा निराधार रहेछ ।’

सामान्य परिवारको नागरिक ऋण खोजेर हजारौं रकम खर्चेर काठमाडौं उपचार गर्न आउँछ गैरेले भने, ‘तर काठमाडौंको विभिन्न ठुला अस्पताल धाउदा आईसियु बेड र अक्सिजनको अभावमा बिरामीको ज्यान जान्छ भने अब नेपाली कसरी ढुक्क हुने ?’

मृतक गैरेलाई श्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । निजको शुक्रबार मृत्यु भएको जनाईएको छ । जिल्लामा कोरोना सक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । मृतक गैरेको श्रीमती, १ छोरा १ छोरी रहेका छन् ।

यो पनि…

संंक्रमितको मृत्यु भएपछि अर्घाखाँचीमा एक घरबाट अर्को घर जान रोक

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  २ : ५८ बजे