२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

संंक्रमितको मृत्यु भएपछि अर्घाखाँचीमा एक घरबाट अर्को घर जान रोक



बिष्णु कुमार आले, अर्घाखाँची ।
मंगलबार अर्घाखाँची मालारानी ७ का ६० बर्षीय रामप्रसाद भुसालको मृत्यु भएपछि गाउँमा हिडडुल गर्न रोक लगाईएको छ ।

मृत्यु पश्यात मालारानी ७ लेवासे, भुमिकास्थान ३ राईखण्डे, सिख्र, बामरूक लगाएतका टोल वस्तीहरूमा माईकिङ गरि एक घरबाट अर्को घर नजान नागरिकलाई सचेत गराईएको वडा अध्यक्ष खड्क प्रसाद भुसालले जानकारी दिए ।

नयाँ प्रजातीको कोरोनाको लहर आएपछि जोखिम देखिएका गाउँमा बिना काम आवत जावत गर्न रोक लगाईएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । जिल्लामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न पालिकाहरुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८६१ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २ जना कोरोनामुक्त भएसँगै हालसम्म ७९३ जना कोरोनामुक्त भएका छन् । अहिले जिल्लामा ४९ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जसमा सन्धिखर्क नगरपालिकामा २२ जना, शितगंगा नगरपालिकामा ८ जना, भुमिकास्थान नगरपालिकामा ५ जना, मालारानी गाउँपालिकामा ४ जना, पाणिनि गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा ७ जना गरी जम्मा ६१ जना सक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मालारानी ७ का ६० बर्षीय रामप्रसाद भुसालको ज्यान गएसंगै जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १९ जनाको ज्यान गएको अर्घाखाँचीका सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  ९ : ०३ बजे