२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

१६ जना पत्रकारलाई पुरस्कृत गर्दै सरकार



काठमाडौं ।


राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको स्थापना दिवसको अवसरमा पारेर सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।

सरकारले पछिल्ला दुई वर्षको पत्रकारिता पुरस्कार शुक्रबार घोषणा गरेको हो। २०७६ सालतर्फ मरणोप्रान्त स्व। सुकदेव नेपाल ९अग्निशिखा० र हर्ष सुब्बालाई प्रदान गरिएको छ।

दुई लाख पुरस्कार राशीको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ।

पुरस्कार पाउने अन्यमा आठ जना २०७६ सालको र आठ जनाले २०७७ वर्षको पुरस्कार पाउन लागेका हुन्। त्यसैगरी १ लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार उजिर मगर, मातृका पौडेल, शेषराज दाहाल, संगीता खड्का, हेमन्त बहादुर बिक र शीतल साहलाई दिइने भएको छ।

यस्तै दिलिप थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नीतु पण्डित र पुनम पौडेल पनि यो पुरस्कारबाट पुरस्कृत हुँदैछन्।

प्रकाशित मिति : २४ बैशाख २०७८ शुक्रबार ००:००  २ : ५२ बजे