२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कक्षा १२ र एसईई परीक्षा स्थगित



काठमाडौं ।


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र एसईई को परीक्षा स्थगित गरेको छ

सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। ‘कोरोना संक्रमण फैलिनेक्रम जारी छ,’उनले भने,‘त्यसैले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गरेका हौ।’

बोडले जेठ १३ गतेबाट एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। हाल ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् भने कक्षा १२ मा करिब ४ लाख परीक्षार्थी रहेका छन्।

गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित गरिएको थियो। बोर्डले कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २७ बैशाख २०७८ सोमबार ००:००  ११ : ०० बजे