१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बाणगंगा नगरपालिकाले निकालेको विज्ञप्तिमा गालीको बर्षा !



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले बुधबार निकालेको विज्ञप्तीमा सर्वसाधारणबाट गालीको बर्षा भएको छ । कोरोनाको संक्रमणलाई कम गर्न र विरामीहरुलाई उपचार गर्न भन्दै सिद्धार्थ क्याम्पसमा नगरले १५ बेडको आइसोलेसन बनाएको छ । तर सो आइसोलेसनमा मापदण्ड पुरा नभएको भन्दै स्थानीय रमेश चन्द्र भुसालले फेसबुकमार्फत् लाइभ गरी कमजोरी भएको भन्दै सार्वजनिक गरेका थिए ।

नगरको मानहानी हुने गरी र नगरवासीको मनोबल कमजोर बनाउने गरी रमेश चद्र भुसालले जनप्रतिनिधि माथि अपशब्द र तुच्छ प्रकारले प्रहार गरेको भनी बुधबार कारबाही गर्ने भन्दै नगर प्रमुख मंगल प्रसाद थारुले हस्ताक्षर गरेको विज्ञप्ति निकालेको थियो ।

आकस्मिक कार्यपालिकाको वैठक बसेर उक्त कार्य निन्दनीय भएको भनी भुसाललाई विद्यूतीय कारोबार ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाइएको भन्दै आफ्नो आधिकारिक फेसबुकमा विज्ञप्ती सार्वजनिक गरेको थियो ।

त्यस लगत्तै सामाजिक संजाल प्रयोगकर्ताहरुले नगरमाथि गालीको बर्षा गरेका छन् । कोरोनाको यस विपत्तिमा रमेश चन्द्र भुसालले खबरदारी गर्नु र जनप्रतिनिधि जिम्मेवार बन भन्नू स्वाभाविक भएको भन्दै नगरले गर्ने भनेको कार्बाहीको खिसीट्यूरी पनि गरेका छन् ।

यो समाचार तयार पार्दासम्म ५५ कमेन्टसहरु नगरको फेसबुकमा आएका छन् । कमेन्टस् लेख्नेहरु लगभग नगरबासी नै छन् । उनीहरुले नगरले अहिलेसम्म कुनै काम गर्न नसकेको भन्दै भुसालको खबरदारी सही रहेको बताउँदै लेख्छन् ।

अशिम भट्टराई

कहि नभएको राजनीति हाडी गाउमा !!कति जनाको मृत्यु भएपछि नगरपालिकाको होश आउन्छ !! एउटा प्रदेशको कार्यक्रम हुदा नेता आउदा हजारौं साधनहरु घरघरमा लिन आउन्छ !! मेयर साहेब हामी जनताहरुले कस्तो नेताहरुलाई जिम्मा दियौं यो बिपतको बेलामा दुलो भित्र बसेर नबोल्नुस सडकमा आउनुहोस जनता छ्टपटाईरहेका छन अक्सिजन नपाएर मरिरहेका छन अझै पनि चेत आउदैन तपाईंहरुको ! वाह मेयर साहेब दुलो भित्र पसेर होईन च्बmभकज ऋजबलमचब ज्यु जस्तो सड्कमा आएर बिरामिहरुको समस्य बुझ्नु होस उहाँहरुले जस्तो काम गर्नुस तपाईंको को कुनै अधिकार छैन उहाँलाई कार्बाही गर्ने युवाहरु साथमा छन ! तपाईहरुले चासो लिएर नगरले जिम्मा लिएर काम गरेको भए युवाहरु सडकमा आउनु पर्दैन थियो ! उहाँहरुले जे समस्य देख्नु भयो तेहि बोल्नु भयो!!तपाईहरु मौन बस्ने ज्यानको बाजि थापेर उहाँहरू धेरै ठाउँमा अक्सिजनको लागि छटपटाईरहनु भएको छ तपाईंहरु को नैतिकताले दिन्छ कार्बाही गर्न कि त हात उठाएर काम गर्न सक्दिन्म भन्नुस कि गत्तिले जनप्रतिनिधि बन्नुस काम गरेर देखाउनुहोस नगर प्रमुख ज्यु !! नामको आईसोलेसन छ डाक्टर छैनन बिरामी छन अक्सिजन छैन यो समस्य कहिलेसम्म आम जनताले भोग्नु पर्ने !! बिन्ती छ गत्तिले जनप्रतिनिधि भएर काम गर्नुस युवाहरु साथमा छन !
सन्तोष रेग्मी ईश्वर
उहाले तपाईहरु को कमजोरी जानकारी गराउनु भएको हो, त्यसलाई महसुस गर्दै सुधार गर्न लाग्नुहोस । उहाँ र उहाँ जस्ता व्यक्ति लाई स–सम्मान पुर्वक साथमा लिएर काम गर्नुस । आज उहाँ जस्ता लाई कारबाही को धम्की दिदा भोलि चुनाव मा उठनै नसकिने गरि आजिवन कार्वाही मा पर्नुहोला हेक्का रहोस ।
मिलन पाण्डे
रमेश सरलाइ सल्युट छ।म भन्दापनि कडा हुनुदोरैछ।सचेत नागरिकको हिसाबले नालायक जनप्रतिनिधिलाइ खबरदारी गर्नु कर्तव्य पनि हो। आफ्नो नालायकीपनप्रति जनताको खबरदारीमा औंला उठाउछौभने जनताको हातबाट कालोमोसो लगाउन र झापड खान तयार भएर बस।जनप्रतिनिधि कस्ता हुनुपर्छ भन्ने थाहा छैन भने तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिलाइ हेर।
रमेश पौडेल
आफुहरुले काम नगर्ने अरुलाई काम गर्न नदिने जनप्रतिनि लाई जनताले कालो मोसो लगाउने दिन आउला समयमै सचेत होस । आइसोलेसन मापदण्द थाहा नहुने जनप्रतिनिधि समय्मै ध्यानाकर्सन होस जनता ले जिताएका हुन जनता ले नै सचेत बनाउने दिन न आउला भन्न सकिन्न
तिलक थापाः अब हजारौँ रमेश चन्द्रहरुले जन्म लिँदै छन् नगरपालिकामा

यता रमेशचन्द्र भुसालको लाइभमा साढे दुई सय कमेन्ट आएका छन् । जसमा अधिकांशले नगरपालिकालाई गाली गरेका छन् ।

May be an image of text
वाणगंगाले निकालेtको विज्ञप्ति

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  ७ : १८ बजे