७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हिमानी ट्रष्टद्धारा कपिलवस्तुमा राहत वितरण



मायादेवी अनलाइन, वाणगंगा ।

कोभिड महामारीका कारण स्थानीय प्रशासनले निषेद्याज्ञा जारी गरेपछि जोखिममा परेका अति विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ ।

गत वैशाख २१ गतेदेखि स्थानीय प्रशासनले जिल्लामा निषेद्याज्ञा लागु गरेपछि जोखिममा परेका अति विपन्न समुदाय, महिला अपांगता भएका घरपरिवारलाई हिमानी ट्रष्टद्धारा राहत वितरण गरिएको हो ।

हिमानी ट्रष्टले कोभिडका कारण प्रभावित भएका वाणगंगा नगरपालिका भित्रका ७ घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको जनाएको छ ।

दैनिक उपभोग्य अत्यावश्यक बस्तु चामल, नुन, तेल, आलु, क्वाटी, अण्डा लगाएतका खाद्यान्न वितरण गरिएको हो ।

हिमानी ट्रष्टले यसअघि पनि गरिब विपन्न परिवारलाई विभिन्न खालको सहयोग गर्दै आइरहेको र यस कोभिडको महामारीमा पनि कपिलवस्तु लगाएत देशैभर राहत वितरण गरेको स्वयंसेवकहरुले जनाएका छन् ।

आगामी दिनमा पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा समुदायमा स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८ शनिबार ००:००  ४ : ०४ बजे