१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

फेरि आउँदैछ सामुद्रिक आँधी, भोलिदेखि नेपालमा पनि प्रभाव



काठमाडौं ।
अरब सागरमा बनेको ताउ-ते सामुद्रिक आँधीको प्रभाव सकिएको केही दिन नबित्दै बंगालको खाडी नजिकैबाट अर्को आँधी आउने भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यास नाम दिइएको उक्त आँधी अहिले बन्ने क्रममा छ । मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने आँधी बुधबार पारादीप र सागर टापुमा ल्यान्ड हुनेछ । १८५ किलोमिटर प्रतिघन्टामा आउने आँधीका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गरी पश्चिम बंगाल, उडिसासहित उत्तरपूर्वी भारतीय राज्यहरूमा आवश्यक सावधानी अपनाइएको छ ।

आइतबार सम्बन्धित राज्यका उच्च अधिकारीहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तटीय क्षेत्रमा काम गरिरहेकाहरूलाई तत्काल निकाल्न निर्देशन दिएका छन् ।

यास आँधीको प्रभाव मंगलबारदेखि नेपालमा पनि पर्न सुरू हुनेछ । ताउ-तेको प्रभावले पश्चिम क्षेत्रबाट वर्षा र हिमपात हुन सुरू भएको थियो भने यसपालि पूर्वी क्षेत्रबाट प्रभाव बिस्तारै पश्चिम सर्ने छ ।

‘भोलिदेखि पूर्वका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । त्यसैले पर्वतारोहीहरूलाई आरोहणको काम रोक्न भनेका छौं,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरूण पौडेलले भने,‘बुधबार, बिहीबारतिर केही ठाउँमा भारी वर्षाको पनि सम्भावना छ।’

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ७ : १४ बजे