१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ओलीले बोलाए स्थायी कमिटी बैठक



काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा माधवकुमार नेपालसहित ११ सांसदलाई २४ घण्टाको समय दिएर मागिएको स्पष्टीकरणका बारेमा छलफल हुने र थप कारबाहीको तयारी गरिएको एक नेताले जानकारी दिए ।

नेकपा एमालेका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्नका लागि हस्ताक्षर गरेका थिए ।

विपक्षी गठबन्धनमा रहेर आफ्नै सरकारविरुद्ध उभिएको भन्दै प्रधानमन्त्री ओलीले हस्ताक्षरकर्ता सांसदहरुलाई कारबाहीको तयारी गरेको एक नेताले जानकारी दिए ।

आइतबार पत्रकारहरुसँग कुरा गर्दै माधवकुमार नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुप्रति आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  १० : ५१ बजे