१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

राष्ट्रिय फुटबल टिम आज इराक जाँदै, जेठ १५ मा मैत्रीपूर्ण खेल



काठमाडौं ।

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको छ ।

नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ । नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्ने छन् । इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ ।

नेपालले जेठ १५ , मे २९० मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए । प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् ।

नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् । सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्ने छ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन् ।

नेपाली टिम

गोलरक्षकः किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डरः विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्डः अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित मिति : ११ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : १० बजे