६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बोधी टेलिभिजन र कसुमा बुद्ध धर्म संघद्धारा आधारभुत स्वास्थ्य सामग्री प्रदान



मायादेवी अनलाइन, तौलिहवा ।
कोरोना संक्रमणको रोकथामका लागि बोधी टेलिभिजन र कुसुमा बुद्ध धर्म संघले कपिलवस्तुका बिभिन्न ८ निकाय र संस्थाहरुलाई च्यावनप्रास र आधारभुत स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

साझा प्रयास अभियानको सहकार्य र लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको पलहमा सो सामग्री बाडिएको हो । तौलिहवा अस्पतालमा रहको कोरोना संक्रमितका लागि च्यावनप्रास अस्पतालका डाक्टर अमूल्य पाठकलाई कोषका सदस्य ज्ञवालीले हस्तान्तरण गरेका थिए ।

यस्तै अन्य ७ संस्थाहरुलाई पाँच पाँच लिटर सेनिटाईजर र मास्क उपलब्ध गराइएको हो । नेपाल र सशस्त्र प्रहरी, तौलिहवा आँखा अस्पताल, नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाईटी, बालमन्दिर, नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्र तथा पत्रकार महासंघ कपिलवस्तुलाई सो सामग्री उपलब्ध गराइएको थियो ।

अभियानका संयोजक रबि ठाकुर, दिनेश हमाल, जय प्रकाश पाण्डे, युवा नेता प्रकाश घिमिरे लगायतले सो सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला आ–आफनो क्षेत्रमा खटियर काम गरीरहेका संस्थालाई सो सामग्री बाडिएको ज्ञवालीले बताए ।

उनले सामाजिक उत्तरदायित्व बहन गर्दै आफुहरुले यो कार्य अघि बढाएको बताए । उनले बिभिन्न स्वास्थ्य संस्थाहरुलाई आफुले थप सहयोग जुटाउने बताए ।

अभियानका संयाजक ठाकुरले अभियानका सदस्यहरुले बिभिन्न दाताहरुबाट निरन्तर सहयोग जुटाउदै गएको बताए । उनले कोरोना संक्रमणकाल भर आफुहरुले अभियान जारी राख्ने बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : ५७ बजे