८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास देखि बर्तमानसम्म



क्रान्तिको बाटो र कार्यशैलीका बारेमा हुने बहस या नेतृत्वमा हुने टकरावका कारण पार्टी नै विभाजन हुने क्रम नयाँ त होइन तर जनताको नजरमा कम्युनिस्ट पार्टीका कार्यकर्ताको जनमुखी शैलीका कारण अरु पार्टीलाई भन्दा कम्युनिस्ट पार्टीलाई राम्रो ठान्छन र हो पनि । यहाँ कम्युनिष्ट पार्टीको इतिहास सरल ढंगबाट उल्लेख गर्न खोजिएको छ ।

कम्युनिष्ट पार्टी, कोके हुँदै एमालेसम्म

२००६ सालमा कम्युनिस्ट पार्टी गठन भयो संस्थापक महासचिव पुष्पलाल, सदस्यहरू निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य,नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा कम्युनिस्ट पार्टीको महत्वपूर्ण भूमिका रहेको थियोे तर राजा, राणा र काङ्ग्रेसले कम्युनिस्ट पार्टीलाई बाहिर राखेर दिल्ली सम्झौताका नामले प्रख्यात सम्झौता भारतको दिल्लीमा गरे जसलाई कम्युनिस्ट पार्टीले “दिल्ली सम्झौता धोखा हो” भनेको थियोे ।

२००७ सालमा राजा त्रिभुवनले जनतासामु एउटा अन्तरिम शासन विधान घोषणा गरेर संविधानसभा मार्फत जनताले आफ्नो संविधान आफैं बनाउने छन भने तर त्यो लागू गरेनन र राजा त्रिभुवनको मृत्युु भयो र २०११ सालमा महेन्द्र राजा भए ।

२०१० सालमा पहिलो महाधिवेशन हुदा नपढेको भनेर पुष्पलालको दस्तावेज पारित भएपनि मनमोहन अधिकारीलाई महासचिव बनाइयो ।

२०१४ सालमा दोस्रो महाधिवेशनमा मनमोहन अधिकारी विरामी परेको र चीनमा उपचाररत भएकोले दस्तावेज विवादित हुँदा हुँदै पुष्पलाललाई नदिएर केशरजंग रायमाझीलाई महासचिव बनाइयो ।

२०१५ सालमा संविधानसभा नभै आमचुनावको घोषणा गरियो जसमा काङ्ग्रेसले दुइतिहाइ सिट जितेर सरकार बनायो भने कम्युनिस्ट पार्टीले चार सिटमा जितेको थियोे । प्रतिनिधिसभामा १०९ सिट थियो ।

२०१७ सालमा राजा महेन्द्रले कु गरे कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीले राजाको कदमको समर्थन गरेपछि कम्युनिस्ट पार्टी नेतृत्व विहिन जस्तो भयो र पुष्पलालले संयोजन गर्नुभयो ।
२०१९ सालमा तेस्रो महाधिवेशन विवादको विचमा सम्पन्न भयो निति पुष्पलालको पास भयो महासचिव तुलसीलाललाई बनाइयो ।

२०२३ सालदेखि २०३० सालसम्म चरम विवादमा गुज्रियो ।

२०२७/२०२८ सालमा झापा जिल्ला कमिटीले चर्चित झापा (किसान आन्दोलन) विद्रोह गर्‍यो । जसको प्रभाव देशभरि आगो जसरी फैलियो र कम्युनिस्ट पार्टी एकताको सन्देश पनि संग संगै फैलियो ।

२०२९ सालदेखि कम्युनिस्ट पार्टीको एकताको क्रम शुरु भयो र २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन केन्द्र (माले) बन्यो ।

२०३५ सालमा कोअर्डिनेशन केन्द्रले राष्ट्रिय भेला गरेर नेकपा (माले) गठन भयो ।

२०४७ सालमा माले–माक्र्सवादी एकता गरेर नेकपा (एमाले) बन्यो ।

२०५१ सम्म तुलसीलाल समूह सबै तथा वर्मा, मानन्धर, मजदुर किसान, मशाल, एकता केन्द्र समूहबाट विद्रोह गरेर नेकपा (एमाले)मा समाहित भए ।

यो पार्टी २०५४ मा फुट्यो र २०५८ मा जुट्यो । २०७५ मा एमाले र माके मिलेर नेकपा बन्यो तर २०७७ मा विभाजित भएर नेकपा (एमाले) बन्यो यसमा नेकपा (माके) बाट नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु शाह सहित नेतृत्वमा हुनुहुन्छ ।

क्यूक्लियस धारको इतिहास

२०२७ सालमा केन्द्रीय न्युक्लियस बन्यो जसको पहलमा २०३० सालमा चौथो महाधिवेशनबाट नेकपा (चौम) बन्यो तर यो २०४० मा विभाजन भएर नेकपा (चौम लामा) र नेकपा (मोहनविक्रम मशाल) बन्यो ।

२०४७ सालमा रुपलाल, बाबुराम, निर्मल समूह मिलेर नेकपा (एकता केन्द्र) बन्यो ।

२०५१ मा एकता केन्द्र विभाजन भएर नेकपा (एकता केन्द्र) र नेकपा (माओवादी) बन्यो ।

नेकपा (एकता केन्द्र) निर्मल लामा र मोहन विक्रम समुह पनि एकीकृत रहेनन (एकता केन्द्र र मशाल) बन्यो

२०५१ सालमा नेकपा (माओवादी)ले जनयुद्धको नाममा हिंसात्मक गतिविधि गर्यो २०६३ मा शान्ति प्रक्रियामा आयो ।

२०६६ सालमा माओवादी–एकता केन्द्र मिलेर एकीकृत नेकपा (माओवादी) बन्यो । तर एकीकृत रहन सकेन अहिले बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ अलग–अलग हुनुहुन्छ ।

००६ सालदेखि ०३१ सम्म कम्युनिष्ट पार्टीको नेतृत्व

२००६ सालमा कम्युनिस्ट पार्टी गठन संस्थापक महासचिव पुष्पलाल ।
२०१० मा महासचिव मनमोहन । विपक्षमा पुष्पलाल
२०१४ मा महासचिव केशरजंग । विपक्षमा पुष्पलाल
२०१९ मा महासचिव तुलसीलाल । विपक्षमा पुष्पलाल
२०२८ मा झापा संघर्ष सुरु ।
२०२८ मा केन्द्रीय न्युक्लियस गठन
२०३२ मा कोअर्डिनेशन केन्द्र (कोके) गठन

कम्युनिस्ट पार्टीमा तीन धारः

धार १ः

२०३५ मा को अर्डिनेशन नेकपा (माले) मा रुपान्तरण महासचिव सिपी ।
२०३९ मा सिपी महासचिव । विपक्षमा मदन माधव
२०४६ मा मदन महासचिव । विपक्षमा सिपी
२०४९ मा मदन महासचिव । विपक्षमा सिपी,मोहनचन्द्र
२०५० मा मदनको हत्या महासचिव माधव
२०५४ मा महासचिव माधव । विपक्षमा वामदेव ।
२०५९ मा महासचिव माधव । विपक्षमा केपी
२०६५ मा झलनाथ अध्यक्ष । विपक्षमा केपी
२०७१ मा केपी अध्यक्ष । माधव झलनाथ विपक्षमा ।
२०७५ मा एमाले+माके एकीकरण केपी+प्रचण्ड अध्यक्ष।
२०७७ मा केपी अध्यक्ष । विपक्षमा माधव

धार २ः

२०३० मा केन्द्रीय न्युक्लियस नेकपा (चौम)मा रुपान्तरण महासचिव मोहनविक्रम ।
२०३० मा मोहन विक्रम महासचिव ।
२०४० मा निर्मल महासचिव । विपक्षमा मोहनविक्रम ।
२०४२ मा महासचिव मोहनविक्रम । विपक्षमा वैद्य ।
२०४३ मा महासचिव वैद्य । विपक्षमा प्रचण्ड ।
२०४७ मा महासचिव प्रचण्ड ।
२०५१ मा अध्यक्ष प्रचण्ड । विपक्षमा निर्मल लामा ।
२०५८ मा अध्यक्ष प्रचण्ड । विपक्षमा वैद्य बाबुराम ।
२०६५ मा अध्यक्ष प्रचण्ड । विपक्षमा वैद्य बाबुराम ।
२०७० मा अध्यक्ष प्रचण्ड । विपक्षमा वैद्य,बाबुराम
२०७५ मा अध्यक्ष केपी–प्रचण्ड ।
२०७७ मा प्रचण्ड अध्यक्ष । विपक्षीहरु पार्टी छोडेर गए ।

धार ३ः

२०२२ सालमा पूर्व कोशी प्रान्तीय कमिटीले मनमोहनलाई नेता मानेर चल्यो ।
२०२५ सालमा राष्ट्रिय सम्मेलनबाट नेकपा (केन्द्रीय कमिटी) पुष्पलालको नेतृत्वमा गठन भयो ।
२०२७ सालमा पूर्वकोशी प्रान्तिय कमिटीबाट विद्रोह गरि झापा जिल्ला कमिटीले झापा (किसान आन्दोलन) विद्रोह गर्यो
२०३५ सालमा पुष्पलालको निधन पछि मनमोहन र साहानाको समूह एकता गरेर नेकपा (माक्र्सवादी) बन्यो
२०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) एकीकरण गरेर नेकपा (एमाले) बन्यो ।

अहिले पनि मोहनविक्रम सिंह, नारायणमान विजुक्छे, सिपी मैनाली, ऋषि कट्टेलसहितका कम्युनिस्ट पार्टीको नाममा अलग्गै छन् ।

विभिन्न पुस्तकबाट साभार

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  ३ : २८ बजे