७ असार २०८३, आइतबार | Sun Jun 21 2026

माधव समूहको स्थायी कमिटि बैठक सुरु



काठमाडौँ ।

नेकपा एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सुरु भएको छ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको प्रस्तावका सम्बन्धमा छलफल गर्न नेपाल पक्षको स्थायी कमिटि बैठक भर्चुअल रुपमा सुरु भएको हो । स्थायी कमिटिमा छलफल गरेपछि अध्यक्षको प्रस्तावका सम्बन्धमा धारणा सार्वजनिक गर्ने तयारी नेपाल पक्षको छ।

बैठकअघि नेता नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। एमाले अध्यक्ष ओली पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएका छन्।

प्रधानमन्त्री ओलीले आइतबार पार्टी एकताका लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान तयार भएको उल्लेख गरेका हुन्। तर त्यसका लागि उनले शर्त अघि सारेका छन्।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  १ : १० बजे