७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित



काठमाडौं ।
सन् २०२२ को विश्वकप छनोट र एसिया कप २०२३ को अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जावेर अल आहमद स्टेडियममा भएको खेलमा जोर्डनलाई जित दिलाउन बाहा फेजलले दुई गोल गरे । त्यस्तै एजान अल अरबले एक गोल गरे ।

खेलमा पहिलो हाफमा १–० गोलले पछि भएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

जोर्डनका लागि खेलको २४ औं मिनेटमा बाहा फेजलले पेनाल्टीमार्फत गोल गर्दै जोर्डानलाई अग्रता दिलएका थिए । ४९ मा फेजलले गोल गर्दै जोर्डनको अग्रता दोब्बर बनाए । खेलको ६७ औँ मिनेटमा अल अरबले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाएका थिए । नेपाल पहिलो लेगमा पनि ३–० गोलले पराजित भएको थियो ।

जितसँगै जोर्डनले समूह ‘बी’को दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । लिगमा ६ खेल खेलेको जोर्डानले १३ अंक जोडेको छ । शीर्ष स्थानको अष्ट्रेलियाको ५ खेलबाट १५ अंक छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : ३७ बजे