१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

युरोकपमा आज तीन खेल हुँदै, पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसिया



एजेन्सी ।

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरु हुँदैछ ।युरोकपमा आज समूह सी को दुई खेल र समूह डीको एक खेल हुनेछ ।

आज हुने पहिलो खेलमा समूह डी मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । दुबै टिमलाई एक पटक उपाधि दाबेदार मानिएको छ ।

यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । समूह सी मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ । समूह सी को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ । दुई टिमबीचको खेल राति १२-४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ६ : ०८ बजे