१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बहादुरगञ्जको आँखा अस्पतालद्धारा सवा दुई लाख बराबरको स्वास्थ्य सामग्री सहयोग



मायादेवी अनलाइन, चन्द्रौटा ।

कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि कपिलबस्तुको एक आँखा अस्पतालले जिल्लाका १० वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंजको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ, नर्बेको आर्थिक सहयोगमा कपिलबस्तु जिल्लाका स्थानीय तहहरुमा २ लाख २५ हजार ४ सय ३५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

स्थानीय तहहरु स्वास्थ्य सामग्री खरिद गर्न आफु स्वयं सक्षम भएता पनि यो कोरोना भाइरस (कोभिड-१९) को महामारीको समयमा नेपाल सरकारलाई केही मात्रामा भए पनि राहत पुर्याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री वितरण गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताउनु भयो ।

यसअघि कपिलबस्तु जिल्लाका ४ वटा गाउँपालिकालाई सर्जिकल मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री बितरण गएिकोमा दोस्रो चरणमा जिल्लाका ६ वटा नगरपालिकालाई सोही प्रकारको स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८ शनिबार ००:००  ६ : २४ बजे