१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेविसंघ र तरुणदल निरन्तर सामाजिक काममा



मायादेवी अनलाइन, जितपुर ।

नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ र नेपाल तरुणदल निरन्तर सामाजिक काममा सक्रिय बनेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरका कारण जारी लकडाउनले मारमा परेका घरपरिवारलाई दैनिक राहत सामग्री वितरण गरेका हुन् ।

दैनिकजसो सामाजिक काममा सक्रिय नेविसंघ र तरुणदलले आज ( शनिबार) पनि खाद्यान्न वितरण गरेका छन् । वाणगंगा नगरपालिका ९ चौवाका १६ विपन्न घरपरिवारलाई दाल, चामल नुन लगाएत खाद्यान्न सामग्री वितरण गरेको नेविसंघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।

उनिहरुलाई ५२ हजार बराबरको खाद्यान्न सहयोग गरेको पोख्रेलले बताउनुभयो । चौवाका १६ घरपरिवारलाई दैनिक छाक टार्न समस्या भएको जानकारी पाउन साथ उनिहरुलाई खाद्यान्न सहयोग गरेको तरुणदलका जिल्ला अध्यक्ष शक्ती सिंह ठकुरीले जानकारी दिनुभयो ।

नेविसंघ र तरुणदल यस्ता सामाजिक कामलाई निरन्तरता दिने उहाले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस वडा सभापति दिपक थापाले नेविसंघ र तरुणदलले गरेको सामाजिक काम स्रहानिय रहेको भन्दै नेपाली कांग्रेस सबै गरिव तथा दुखीको साथमा रहेको बताउनुभयो । कार्यक्रममा नेविसंघ र तरुणदलका विभिन्न पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०७८ शनिबार ००:००  १ : २० बजे