१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा स्वास्थ्यकर्मीको लागि खोप तालिम



मायादेवी अनलाइन, चारनम्बर ।
खोप लगाउने स्वास्थ्यकर्मीहरुका लागि ४ दिने खोप तथा सरसफाई प्रवर्धन सम्बन्धी तालिम वाणगंगामा शुरु भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा शुरु भएको तालिमको पहिलो चरणमा ५ पालिकाका २० जना स्वास्थ्यकर्मीको सहभागीता रहेको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेको अध्यक्षता तथा खोप अधिकृत चिन्तामणी ज्ञवालीको सहजीकरणमा शुरु भएको तालिममा खोप कार्यक्रमको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको बताइएको छ ।

तालिममा जिल्लामा पूर्ण खोप सुनिश्चितता, दिगोपना कायम गर्ने र दक्ष जनशक्ति तयार गर्ने गरी १० पालिकाका स्वास्थ्यकर्मीलाई तालिम संचालन गरिने खोप अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । तालिममा स्वास्थ्य प्रदेश निर्देशनालयका डा. प्रमिला शर्मा, युनिसेफका मोहन जोशी लगाएतले सहजीकरण गर्नुभएको छ ।

प्रकाशित मिति : ६ असार २०७८ आइतबार ००:००  ६ : ५८ बजे