१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा श्रीमतीको योजनामा अर्को हत्याको घटना सार्वजनिक



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा श्रीमतीको योजनामा अर्को हत्या भएको खुलेको छ । कपिलवस्तु नगरपालिका ८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न तीन जनालाई २ दिन भित्रै कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमती समेत छन् ।

१८ बर्षीय कुर्मीको शव गत असार ७ गते कपिलवस्तु- ८ पूर्व डिह बेलौहवास्थित पोखरीमा फेला परेको थियो । शव फेला परेपछि अनुसन्धान गर्दै जादा प्रहरीले स्थानीय ३२ बर्षीय रमेश कहार, भाई अनिल कहार र उनकी श्रीमती बास्मती कहारलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार असार ३ गते छिमेकीको विवाहमा गएका अनिल कहार ४ गते विहान घर फर्किदा कुर्मीलाई कोठामा देखेपछि उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

आफु नभएको समयमा कुर्मीलाई कोठामा भेटेपछि आक्रोशित अनिलले भाई रमेश र श्रीमती बास्मती कहारको मिलेमतोमा कुटपिट गरी हत्या गरेपछि पोखरीमा फालिदिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीका अनुसार कुर्मीको बास्मतीसँग अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि १ महिना पहिले पनि अनिलले कुटपिट गरेका थिए ।

त्यसपछि पनि आफु नभएको मौका पारी कोठामा आएका कुर्मीलाई कुटपिट गर्नुको साथै उनैले लगाएको धागोको मालाले घांटी कंसेर हत्या गरी पोखरीमा फालिदिएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।

अहिले पक्राउ परेका तीनैजनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान शुरु गरेको भण्डारीले जानकारी दिए । समयचक्रबाट साभार

No description available.

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ६ : ५४ बजे