कपिलवस्तुमा अमेरिकन पेस्तोलसहित एक जना पक्राउ


कपिलवस्तु ।

कपिलवस्तुमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वर प्रसाद यादवलाई प्रहरीले एकथान पेस्तोलसहित पक्राउ गरेको हो ।

यादवलाई हातहतियार खरखजना मुद्दामा कपिलवस्तु जिल्ला अदालतले एक वर्षअघि धरौटीमा छाडेको थियो । साउन १ गते साँझ पक्राउ परेका उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । उनलाई कपिलवस्तु नगरपालिकाको जहदीचोकस्थित तौलिहवा जितपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा यादव चढेको युपी ५५ डब्लु ८३२४ भारतीय नम्बर प्लेटको २२० सिसी बजाज मोटरसाईकल समेत बरामद गरिको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । बरामद पेस्तोल मेड इन युएस ७।६५ लेखिएको प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस