२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

स्पेनिस ला लिगामा भ्यालेन्सियाको विजयी सुरुवात



काठमाण्डौ ।

स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा आज बिहान भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो । भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भयो । ह्युगो गुइलामोन रातो कार्ड पाएर बाहिरिएपछि भ्यालेन्सिया सुरुवातदेखि नै १० खेलाडीमा समेटिएको थियो । त्यस्तै खेलको ७६ औं मिनेटमा गेटाफेका इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए । ला लिगामा आज चार खेल हुँदैछन् । मलोर्का र रियल बेटिस, क्याडिज र लेभान्टे, एलाभेस र रियल मड्रिड, ओसासुना र इस्पान्योल खेल्दैछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  ९ : ५८ बजे