८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पिएसजीको लगातार दोस्रो जित



काठमाडौं ।

फ्रेन्च लिग वानमा पिएसजीले लगातार दोस्रो खेलमा जित हात पारेको छ। शनिबार राति भएको खेलमा पिएसजीले स्ट्रार्सवर्गलाई ४-२ गोलले पराजित गर्‍यो। पिएसजीका लागि इकार्डीले तेस्रो मिनेटमा गोल गर्दा एमबाप्पेले २५, ड्राक्सलरले २७ र साराबियाले ८६ मिनेटमा गोल गरेका थिए।

स्ट्रार्सवर्गका लागि जमेरियाले ५३ र एजोर्क्युले ६४ मिनेटमा गोल गरे। उसका जिकु ८१ मिनेटमा दोस्रो पहेँलो कार्ड पाँउदै मैदान छाड्न बाध्य भएका थिए। खेलमा स्टार खेलाडी लिओनल मेसी मैदानमा उपस्थित भए पनि खेलेनन्। मेसीसँगै यो सिजन पिएसजीमा आबद्ध भएका सर्जियो रामोस, गोलकिपर डोन्नारुम्मा, विज्नाल्डम र अर्चफ हाकिमी पनि मैदानमा उपस्थित भएका थिए।
पाँचै जनालाई पिएसजीले दर्शकसँग परिचय गराउँदै कार्यक्रम गरेको थियो।

प्रकाशित मिति : ३१ श्रावण २०७८ आइतबार ००:००  ८ : ५१ बजे