२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात



काठमाण्डौ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्वीच सिटीलाई ३–० ले हराएको हो । लिभरपुलका डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एकरएक गोल गरे । लिभरपुलका सलाहले नयाँ कीर्तिमान समेत बनाएका छन् । प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । सिजनको पहिलो खेलमा सलाहले अहिलेसम्म ७ गोल गरेका छन् । जितसँगै लिभरपुलले तीन अङ्क जोडेको छ । इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएका खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । यस्तै लेस्टर सिटीले वुल्भ्स्लाई, चेल्सीले क्रिस्टल प्यालेसलाई, वार्डफोर्डले एस्टन भिल्लालाई, एभर्टनले साउथह्याम्टन र ब्राइटनले बर्नलीलाई हराउँदै विजयी सुरुवात गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८ आइतबार ००:००  ९ : ०९ बजे