२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

जेसिजद्धारा मैत्रपूर्ण डोरीतान प्रतियोगिता सम्पन्न



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु जेसीजद्वारा जेसीज सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरु संचालन भइरहेको संस्थाले जनाएको छ । सप्ताहव्यापी कार्यक्रम अनुसार बाणगंगा नगरपालिकामा प्रथम मैत्रीपूर्ण डोरितान प्रतियोगिता सम्पन्न भएको हो । बाणगंगा नगरका बिभिन्न संघ संस्थाका पुरुष तथा महिला टिमको सहभागीता रहेको डोरितान खेल प्रतियोगिता नगरको बुद्ध रंगशालामा आयोजना गरिएको थियो ।

प्रतियोगितामा पुरुष तर्फ कपिलवस्तु जेसीज प्रथम, बाणगंगा बैंकर्स क्लब द्वीतिय तथा लायन्स क्लब अफ कपिलवस्तु तृतीय स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै महिला तर्फ बाणगंगा नगरपालिकाका महिला कर्मचारीको समूह प्रथम भएको छ । कपिलवस्तु जेसिजका अध्यक्ष भिमकान्त भट्टराईको अध्यक्षता र कपिलबस्तु जेसीजका पुर्व अध्यक्ष उमानाथ पौडेलको प्रमुख आतिथ्यतामा प्रतियोगिताले संघसंस्थाबीच मैत्रीपूर्ण, पारस्परिक सम्बन्ध र सहकार्यमा थप टेवा पु¥याएको महासचिव अमृत घिमिरेले जानकारी दिनुभयो ।

सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक प्रविन पौडेलको स्वागत मन्तव्य र शंकर अर्यालले जेसिज आस्था पाठ गर्नुभएको कार्यक्रममा महासचिव अमृत घिमिरेले संचालन गर्नुभएको थियो ।

डोरितान संघ बाणगंगाका अध्यक्ष हिमलाल भुसालले सहजीकरण गर्नुभएको प्रतियोगितामा सहभागी विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले खेलाडीहरुको हौसला बढाएका थिए ।

प्रकाशित मिति : १ भदौ २०७८ मंगलबार ००:००  ७ : २१ बजे