२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

यस्तो छ भारतविरुद्ध फाइनल खेल्ने नेपाली टिम



काठमाडौं ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन्। फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा अहिले साँझ ८:४५ बजे सुरु हुनेछ।

भारतविरुद्ध फाइनल खेल्न नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। सुरुआती टिममा कप्तान तथा गोलरक्षक किरण लिम्बूसहित अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द रहेका छन्।

यस्तो छ नेपाली टिमः

आजको खेलमा नेपाल र भारत दुवैका मुख्य प्रशिक्षक प्रतिबन्धमा परेका छन्। नेपालका अञ्‍जन विष्ट पनि आज टिममा छैनन्। यसअघि दुई खेलमा पहेँलो कार्ड खाएका कारण उनले फाइनल खेल गुमाएका हुन्।

नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनल खेल्न लागेको हो। भारतको भने यो १२औं फाइनल हो।

प्रकाशित मिति : ३० आश्विन २०७८ शनिबार ००:००  ८ : ३० बजे