१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

अडान नभएका यी हुन प्यूठानका एमाले नेताहरु



प्यूठान ।
नेकपा (एकीकृत समाजवादी) मा खुलेका संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएका छन् । २०७० को निर्वाचनमा प्यूठान क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा चुनाव जितेका केसीले एमालेमै रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले आफू नेकपा एमालेमै रहेको जनाएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले उनलाई केन्द्रीय अनुशासन आयोग सदस्यमा नियुक्त गरेको थियो ।

तर, केसीले सो पद अश्विकार गर्दै एमालेमै फर्किएको विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

त्यस्तै, एमाले विभाजनपछि एकीकृत समाजवादी तिर लागेका शोभाराम भण्डारी, पार्टीका प्यूठान जिल्ला सचिव दीपेन्द्र केसी र जिल्ला सदस्यहरू तिलबहादुर घर्ती नेकपा एमालेमै फर्किएका छन् ।

यस अघि संविधान सभा सदस्य धन बहादुर रायमाझी समेत एमालेमै फर्किएका थिए । सुरु देखि ती नेताहरु नेकपा एकीकृत समाजवादीको बैठक तथा भेलाहरुमा सक्रीय हुँदै आएका थिए। पछिल्लो समय राजनिती गर्ने नेताहरु अडानमा नबसेको भन्दै उनीहरुको चर्को आलोचना हुन थालेको छ।

पदको बार्गेनिङका लागि नेताहरुले कहिले दल रोज्ने कहिले छोड्ने गरिरहेको टिप्पणी जिल्लाबासीको छ। आफ्नो अडान नभएका नेताहरु ब्यक्तिगत स्वार्थका कारण दल बदलिरहने गरेको सामाजिक संजाल प्रयोगकर्ताको समेत टिप्पणी छ। दलबदलु नेताहरूले जहिले पनि अवसरको खोजी गर्ने भएकाले जनता आफै सचेत हुनुपर्ने उनीहरु बताउँछन्।

उता, नेकपा एकीकृत समाजवादी प्यूठानको बैठक शनिबार जुम्रिमा बसेको छ। बैठकले जिल्लामा पार्टी बलियो बन्दै गएको निचोड निकाल्दै संगठन बिस्तार अभियानलाई तिब्र बनाउने निर्णय गरेको छ। -कामनाडेलीबाट

प्रकाशित मिति : ८ कार्तिक २०७८ सोमबार ००:००  ६ : ०८ बजे