कपिलवस्तुका पालिकाले धानको क्षति विवरण पठाएनन्, मर्कामा किसान


दीपा महत, वाणगंगा ।
कपिलवस्तुका स्थानीय तहले समयमै धान क्षतीको विवरण नपठाउँदा किसान राहत पाउनबाट बन्चित भएका छन् । असोज ३१ गते परेको बेमौसमी झरीले यहाँका किसानले भित्राउन तयारी अवस्थामा राखेको धान डुबाएको थियो ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुले पालिकाहरुले क्षतीको विवरण समयमै नपठाउँदा समस्या भएको बताएको छ । ज्ञान केन्द्रका प्रमुख रवीन्द्र चौवेले पालिकाले समयमै विवरण नपठाउँदा समस्या भएको बताउनुभयो ।

‘अहिलेसम्म ५ पालिकाले मात्र क्षतीको विवरण पठाएका छन्, चौबेले भन्नुभयो ।’ उहाँले शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिकाका वडा नम्बर १,२,४,५,७, ८ र १२ ले मात्र विवरण पठाएको बताउनुभयो ।

यस्तै मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिकाले क्षतीको विवरण पठाएको प्रमुख चौबेले बताउनुभयो ।
प्राप्त विवरण अनुसार सबैभन्दा बढी विजयनगर गाउँपालिकामा बाढीले क्षती गरेको छ । विजयनगरमा ४३ करोड ६६ लाख ५६ हजार १ सय १८ रुपैया बराबरको क्षती पु-याएको छ ।

यसैगरी यशोधरा गाउँपालिकामा बाढीले ६६ हजार २ सय ७० कठ्ठाको धान नोक्सान गर्दा २४ करोड २९ लाख ९० हजार बराबरको क्षेती भएको छ ।

कपिलवस्तु नगरपालिकामा ५० हजार ७ सय १६ कठ्ठामा लगाएको धानबालीमा वर्षाले क्षती पु-याएको छ जसले २० करोड ४८ लाख ३४ हजार ६ सय ९ रुपैया बराबरको क्षती भएको छ ।

मायादेवी गाउँपालिकामा १२ हजार ८ सय ३० कठ्ठामा लगाएको धान वर्षाले नष्ट गर्दा ७ करोड ६९ लाख ८० हजार बराबरको क्षेती भएको छ भने, शिवराज नगरपालिकामा ६ करोड ४३ लाख ५ हजार ३ सय रुपैया बराबरको नोक्सानी गरेको छ ।

ज्ञान केन्द्रका प्रमुख चौवेले अझै ५ वटा पालिकाले क्षतिको विवराण पठाउन बाँकी रहेको बताउनुभयो । वाणगंगा, बुद्धभूमि, कृष्णनगर र महाराजगंजले विवरण पठाइसकेपछि मात्र क्षतीको एकिङ तथ्याङ्क प्राप्त हुने उहाँले बताउनुभयो । बाँकी पालिकालाई पनि विवरण पठाउन ताकेता गरेको उहाँले बताउनुभयो ।

यहाँ धान काटेर दाइँ गर्न ठिक्क पारेको ८ हजार हेक्टरमा लगाएको धानबालीलाई बेमौसमी वर्षाले नोक्सानी पु-याएको छ । त्यसले ३५ हजार ५ सय मेट्रिक टन उत्पादनलाई असर पु-याएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तर, कृषक स्वयंले नोक्सानीको विवरण भरेकाले क्षति बढ्ने प्राविधिकहरू बताउँछन । जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खेती गरिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस