टी–२० विश्व कप एसिया छनोटः नेपाली महिला टोलीले आज भुटानसँग खेल्दै


काठमाण्डौ । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल दुबईमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । वरीयतामा नेपाली महिला टोली १४ औं स्थानमा छ । त्यस्तै यूएई १७ औं, हङकङ २५ औं, कुवेत ३४ औं र भुटान ४४ औं स्थानमा छ । छनोटमा विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस