४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

माछा मार्दा करेन्ट लागेर एक महिलाको मृत्यु



गुल्मी ।

गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीय सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक थापालाई सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले फेला पारेका थिए। उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। थापा माछा मार्न खोलामा एक्लै गएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८ बुधबार ००:००  ७ : ०७ बजे