९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

भलवाडमा हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान सुरु



बाबुराम रायमाझी, भलवाड

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ९ मा हात्तीपाइले रोग निवारण अभियान कार्यक्रम अन्तर्गत वडाका ३ वटा केन्द्रमा औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गरिएको छ । जसअन्तर्गत शुद्धोधन मा.वी जिनुवा केन्द्रमा वडा अध्यक्ष धुर्ब बेल्बासे र समाजसेवी जन्जिर प्रसाद चौधरीले हात्तीपाइले रोग विरुद्धको औषधिको सेवन गरि अभियानको सुभारम्भ गर्नुभएको छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि खाने अभियानलाई सफल पार्न भलवाड स्वास्थ्य चौकीको आयोजनामा समुदाय स्तरमा जनप्रतिनिधि,बिध्यालय ,टोल विकास संस्था र बिभिन्न संघ संस्था लगाएत सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८ शनिबार ००:००  २ : २२ बजे