१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसको गोलरहित बराबरी



काठमाण्डौ ।
इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् ।
आज बिहान भएको खेलमा शीर्षस्थानको सिटीले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो।
सिटी अङ्क तालिकाको शीर्षस्थानमा कायमै छ । उसको २९ खेलमा ७० अङ्क छ । एघारौँ स्थानमा रहेको क्रिस्टल प्यालेसको २९ खेलमा ३४ अङ्क छ ।
एक खेल कम खेलेको लिभरपुल दोस्रो स्थानमा छ । उसको २८ खेलमा ६६ अङ्क छ ।

प्रकाशित मिति : १ चैत्र २०७८ मंगलबार ००:००  ८ : ३६ बजे