१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आईसीसी विश्व कप क्रिकेट लिग : नेपाल यूएईसँग पराजित



काठमाण्डौ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स यूएई सँग ४८ रनले पराजित भएको छ । यूएईले दिएको एक सय ६९ रन पछ्याएको नेपाल ३५ ओभर १ बलमा एक सय २० बलमा समेटियो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र सोमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए ।

बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए । यस्तै जहोर खान र रोहन मुस्तफाले एक–एक विकेट हात पारे ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायो । यूएईका लागि रोहन मुस्तफा र चुन्दनग्यापोएल रिजवानले समान ४०र४० रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकरएक विकेट लिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८ शुक्रबार ००:००  ६ : ०१ बजे