५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जुना सिङ्जाली बनिन् १० औं कपिलवस्तु डान्स आइडल



१० औँ कपिलवस्तु डान्स आईडलको उपाधी जुना सिंजालीले चुमेकी छन् । १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को प्रमुख आकर्षणको रुपमा रहेको डान्स आईडलको उपाधी सिंजालीले जितेकी हुन् ।


दर्शकको भोट र निर्णायकको मुल्यांकनबाट डान्स आईडलको नतिजा सार्वजनिक गरिएको हो । त्यस्तै डान्स आईलको द्धितीय कोपिला क्षेत्री र संगम रोका मगर तृतीय भएका छन् । रोशनी परियार र अन्जली परियारले सान्त्वना स्थान हासिँल गर्न सफल भएका आईडल संयोजक विरेन्द्र खाँणले मायादेवीलाई जानकारी दिए ।


यो संगै प्रथम हुनेले १ लाख ११ हजार १ सय ११, द्धितीय हुनेले ७७ हजार ७ सय ७७, तृतीय हुनेले ४४ हजार ४ सय ४४ तथा सान्तवना हुने दुई जनाले २५ हजार र प्रमाण पत्र प्राप्त गरेका आयोजकले जानकारी दिएको छ । छनौटमा १२ जनाको प्रतिस्पर्धा रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८ आइतबार ००:००  ९ : ४८ बजे