५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विशाल जनसभालाई सम्बोधन गर्न ओली आज कपिलवस्तु आउँदै



मायादेवी अनलाइन, जितपुर

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपि शर्मा ओली आज कपिलवस्तु आउदै हुनुहुन्छ । नेकपा एमालेद्धारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभालाई सम्बोधन गर्न ओली आउन लाग्नुभएको एमाले कपिलवस्तुले जनाएको छ ।

जनसभा मार्फत प्रतिनिधी सभाका सांसद, प्रदेश सभा सांसद, वडा अध्यक्ष लगायतका नेता, कार्यकर्ता ठुलो संख्यामा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कपिपलवस्तुले जनाएको छ ।

विशाल सभालाई एमालेका उपाध्यक्ष,पूर्व उपप्रधानमन्त्रि तथा अर्थमन्त्रि विष्णु पौडेल, पार्टीका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल लगायतका प्रभावशाली नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

तौलिहवाको बुद्ध पदमा माविमा आयोजित पार्टी प्रवेश तथा विशाल जनसभामा उपस्थितीका लागि एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले सम्पूर्ण जिल्लावासीलाई आग्रह गर्नु भएको छ ।

विशाल जनसभामा करिव ३३ हजारको सहभागिता हुने दावी गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८ सोमबार ००:००  ७ : ४१ बजे