५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बैरियामा संचालित निशुल्क क्षयरोग तथा एचआईभी परिक्षणबाट ६० जना लाभान्वित



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा संचालित निशुल्क क्षयरोग तथा एचआईभी परिक्षणबाट ६० जना लाभान्वित भएका छन् । बैरिया टोलमा संचालित निशुल्क शिविरमा ६० जनाले परिक्षण गराएका हुन् । लुम्बिनी प्रदेस स्वास्थ निर्देशनालय तथा जिल्ला स्वास्थय कार्यलय कपिलवस्तुको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, जिल्ला स्वास्थ कार्यलयका प्रमुख हेमराज पान्डे, ल्याब टेक्निसियन श्रीधर खनाल, पिपरा अस्पताल ल्याब टेक्निसियन राधा गौतम, सुरेस क्षेत्री र पुजा पहराइको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । वडा नम्बर १ को थप दुई ठाउमा परिक्षण आयोजना गरिने भएकाले आज छुटेकालाई आफ्नो स्वास्थ्य परिक्षण गराउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८ शुक्रबार ००:००  ७ : ११ बजे