१५ आश्विन २०८०, सोमबार | Mon Oct 2 2023

एमाले गुल्मीका वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश



बुटवल ।

नेकपा एमाले गुल्मीमा धक्का लागेको छ । एमालेमा जिल्ला कमिटी सचिवालय सदस्यदेखि वडाध्यक्ष शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमाले जिल्ला कमिटीका सचिवालय सदस्यद्धयः कर्णध्वज जिसी, हरि प्रसाद छन्त्याल, मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा कमिटी अध्यक्ष मदनदिप घिमिरेसहित एकीकृत समाजवादीमा प्रवेश भएको पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए । जिसी वडा नम्वर ३ का वडाध्यक्ष पनि हुन् । छन्त्याल मुसिकोट नगरकाकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हुन ।

यी दुई नेता साविक बडागाउँ गाविसमा एमालेका खम्बा नेता हुन । जिसीले दुई पटकसम्म एमालेको तर्फबाट साबिक बडागाउँ गाविसको उपाध्यक्ष जितेका थिए भने दोश्रो कार्यकालमा कार्यबाहक गाविस अध्यक्ष भएर जिल्लाको संगठन मजबुद बनाएका थिए ।

छन्त्याल लामो समयसम्म प्रधानाध्यापक रहेका थिए । गत स्थानीय तहको निर्वाचनमा उनी राजीनामा दिई जनप्रतिनिधि भएका थिए । एकीकृत समाजवादीमा प्रवेश गर्नेलाई पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज भागवत विश्वासले फूलमाला तथा अवीरले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८ शुक्रबार ००:००  ६ : ५० बजे