१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कपिलवस्तुमा गठबन्धनको बैठक बसेको बसै, सहमतिको मिलन विन्दु भेटिने सम्भावना कति ?



मायादेवी अनलाइन, वाणगंगा ।
आसन्न बैशाख ३० को स्थानीय निर्वाचन केन्द्रीत सत्तारुढ गठबन्धनको बैठक कपिलवस्तुमा पनि बसेको छ । केन्द्रस्तरको निर्देशन बमोजिम जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जसपा र राष्ट्रिय जनमोर्चा सहित गठबन्धनको बैठक बसेको हो ।

आसन्न चुनावमा ५ दल कसरी चुनावी मोर्चामा सामेल हुने भन्ने बारे बैठक बसिरहे पनि अहिलेसम्म कुनै ठोस सहमति जुट्न नसकेको स्रोतले जनाएको छ ।

गठबन्धन दलहरुको तेस्रो बैठक शुक्रबार तौलिहवामा बसेको छ । तेस्रो बैठक बसे पनि कुनै ठोस सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

यद्यपि ५ दलिय गठबन्धन गरि जिल्लाका सबै पालिकामा चुनावमा जाने सैद्धान्तिक सहमति भएको नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष लंका बहादुर हमालले जानकारी दिनुभयो ।

शुक्रबारको बैठकमा ५ दलका तर्फबाट विभिन्न पालिकाको चुनावी आंकलन प्रस्तुत भएको अध्यक्ष हमालले जनाउनुभयो ।

बैठकमा जिल्लाका १० बटै स्थानीय तहमा दलहरुको आत्मगत र बस्तुगत अबस्थाबारे अनुभुती, रिपोर्टिङ, समिक्षा प्रस्तुत भएको जसपाका केन्द्रीय सदस्य नारायण खनालले बताउनुभयो ।

समग्रमा मुल्यांकन गर्दा जिल्लाका १० बटा स्थानीय तहको चुनावी तालमेलका लागि आधार भूमि बन्दै गहिरहेको समिक्षा सर्वसम्मत गरिएको र आगामी दिन छिट्टै सबै तहका उम्मेदवारीको टुङ्गो लगाउने सहमति भएको नेता खनालको दावी छ ।

यता ५ दलिय गठबन्धनले पालिकास्तरमा पनि बैठक बसालेका छन् । अधिकांश पालिकामा ५ दलिय गठबन्धन दलहरु बीच बैठक भइरहे पनि केही पालिकामा हुन सकेको छैन् । दलहरुका विभिन्न आकांक्षाले गठबन्धनका दलहरुलाई सर्वसम्मत उम्मेवार बनाउन कठिन भैरहेको स्रोत बताउँछ ।

प्रकाशित मिति : २५ चैत्र २०७८ शुक्रबार ००:००  ८ : २७ बजे