१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैनः झलनाथ खनाल



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले अझै गाँस, बास र कपासको ग्यारेन्टी नगरेको बताएका छन् ।

‘हामीले २०६२-०६३ को आन्दोलनबाट लोकतन्त्रको स्थापना गर्‍यौँ, गणतन्त्र स्थापना गर्‍यौँ । तर गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन,’ उनले भने, ‘हामीलाई यसको ग्यारेन्टी गर्ने भनेको समाजवादी लोकतन्त्र हो ।’

नेता खनालले ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबजबाट मात्र प्राप्त नहुने बताए । उनले भने ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबजबाट मात्र प्राप्त हुँदैन । पुँजीवादी जनवाद व्यवस्थाबाट मात्र प्राप्त हुँदैन । त्यसको एक मात्र भविष्य हो–समाजवाद ।’

उनले समाजवादको बाटोबिना कुनै पनि देशको समृद्ध हुन नसक्ने उनले बताए । नेपालमा अब समाजवादी क्रान्तिको आवश्यकता रहेको पनि उनले बताए ।
‘जनवादी क्रान्ति हामीले सम्पन्न गर्‍यौ । अब दोस्रो समाजवादी क्रान्तिको चरणमा जाँदै छौँ,’ उनले भने,‘यही क्रान्तिबाट हाम्रो देशको विशेषता र वास्तविकता अनुरूपको समाजवाद जुन समाजवादले मान्छेले मान्छेलाई गर्ने शोषण अन्त्य गर्नेछ ।’

प्रकाशित मिति : २६ चैत्र २०७८ शनिबार ००:००  ४ : ०७ बजे