१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

स्वार्थ समूहको रुपमा उदाएको गठबन्धनको हार निश्चितः नेतृ घिमिरे



कपिलवस्तु ।

नेकपा (एमाले) पोलिटव्युरो सदस्यएवं राष्ट्रिय सभा सदस्यबिमला घिमिरेलेआसन्ननिर्वाचनमा नेकपा (एमाले)लाई जनताको दरिलो साथ रहने बताउनु भएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटीको कार्यालय उद्घाटन समारोहलाई जीतपुरमा सम्बोधनगर्दै घिमिरेले एमालेसंग सही एजेण्डा भएको कारण जनताको भरपुर साथ रहने विस्वास व्यक्त गर्नुभयोे । एमालेसंग देश विकासको एजेण्डा एवं‘सुखी नेपाली, समृद्ध नोपाल’को सङ्कल्परहकोले देश व्यापी एमालेमा जनलहर सिर्जना भएको उहाँको दावी छ ।

घिमिरेले अहिलेको लडाई एजेण्डा सहितको एमाले र एजेण्डा विहीनसत्ताधारी गठबन्धनका बीच हुने जिकिर गर्नुभयो । उहाँले स्वार्थ समूहको रुपमा उदाएको गठबन्धनको हार निश्चित भएको दावी समेतगर्नुभयो । मिलिजुली सरकारमा बस्ने र बाँडीचुडी खाने मात्र मानसिकता बोकेका गठबन्धनकारी दलहरुलाई जनताले राम्ररी बुझिसकेका उनिहरुको पराजयहुने घिमिरेले बताउनुभयो । देश र जनताको लागि सोच्नेएकमात्र पार्टी एमाले नै रहेकालेजनताको आसा, भरोसा र विस्वास एमाले प्रति बढिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधनगर्दै नेकपा (एमाले) केन्द्रीय सदस्यएवं कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले एमालेमा भएको प्रवेशको लहरले सत्ताधारी दल अत्तालिएको दावी गर्नुभयो । सबै दल मिल्दापनिएमालेलाई जित्ननसकिने देखिए पछि स्थानीय चुनाव नै सार्ने षडयन्त्रमा सरकार लागेको दावी समेते उहाँले गर्नुभयो ।

देश र जनताको लागिनभइआफ्नो व्यक्तिगत र दलगत स्वार्थको लागिमात्रकाम गर्ने गठबन्धनकारी दलको भुमिकाप्रति नेपालीजनता प्रष्ट भएको अधिकारीले बताउनु भयो । सत्ताधारी दल स्वार्थको दलदलमाफस्दै गएको समेत उहाँले बताउनुभयो ।

एमाले सरकारमा रहुदा गरेको काम र जगाएको आसाएवं भरोसाको कारण प्रतिपक्षी भूमिकामा रहेको अवस्थामा पनि एमाले प्रतिजनताको आकर्षण बढिरहेको उहाँले दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले) जिल्लाअध्यक्ष डम्मर शर्माले सत्ताधारी गठबन्धनका नेताहरु चुनावमामिलेर आएपनि आमजनताले गठबन्धनका उम्मेद्वारलाई स्वीकार नगर्ने दावी गर्नुभयो ।

गठबन्धनका उम्मेदवारहरुको कुनै खास एजेण्डा र घोषणापत्र समेत नहुने भएकाले जनताले त्यस्ताउम्मेद्वारलाई विस्वास नैनगर्ने शर्माको तर्क थियो ।शर्माले एमालेको शक्तिसंग डराएर फरक लक्ष्य र उद्देश्य भएकादलहरु एउटै ठाँउमा उभिएको जिकीर गर्नुभयो । उहाँले विगतका निर्वाचनमा पनि यस्तै गठबन्धन गरेर आएका दलहरुलाई जनताले नपत्याएको तथ्य पेश गर्दै आगामी निर्वाचनमा पनि यस्ता दलहरुको पराजय निश्चित भएको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का प्रदेश, जिल्ला र नगर स्तरीय नेतातथाकार्यकर्ताका बाक्लो उपस्थिती रहेको थियो ।
नगर अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव विष्णु गिरी र स्वागत उपाध्यक्ष मुक्तबहादुर कार्कीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८ आइतबार ००:००  ६ : ०५ बजे